आज थप ९७२ जनाले जिते कोरोना

विराटनगर, २६ भदौ । नेपालमा शुक्रबार थप ९७२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ९७२ जना कोरोना संक्रमणबाट निको हुँदै घर फर्किएको जानकारी दिएको छ ।

यससँगै कोरोनामुक्त हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । कुल संक्रमितमध्ये ७१ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।

शुक्रबार थप १४ सय ५४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा थप पाँच जनाकाे मृत्यु भएकाे छ । यससँगै संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या ३२२ पुगेकाे छ ।

Loading...