विराटनगरमा ३२ सहित प्रदेशमा थप १२१ जनामा संक्रमण

विराटनगर, २६ भदौ । विराटनगरमा ३२ सहित प्रदेश १ मा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विराटनगरमा ३२ सहित मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा आज ३२ जनामा संक्रमण देखिएको छ । १२ महिला र २० पुरुष छन् ।

मोरङको धनपालथानमा १ महिला ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनवर्षीमा १ पुरुष, बुढीगंगामा १ महिलामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ३ महिला २० पुरुष, दुहवीमा ७ महिला १ पुरुष, इटहरीमा १ महिला ५ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, इनरुवामा २ पुरुष र गढीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

झापाको दमकमा ६ महिला ३ पुरुष, मेचीनगरमा १ महिला १ पुरुष, बिर्तामोडमा १ महिला १ पुरुष, कनकाईमा १ महिलामा संक्रमण देखिएको छ ।

संखुवासभाको चैनपुरमा १ महिला १० पुरुष, धर्मदेवीमा १ पुरुष, उदयपुरको चौदण्डीगढीमा १ महिला र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । विराटनगरकी एक महिलाको मृत्यु भएको हो । हालसम्म प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

प्रदेश १ मा आज ६६ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ चतराधामबाट ३९, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, मेची अस्पताल झापाबाट १० र होम आइसोलेशनबाट १ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आजसम्म २ हजार १९ जना डिस्चार्ज भएका छन् ।

Loading...