टोकियो ओलम्पिकका निर्देशकले पद छोडे

एजेन्सी, २६ भदौ । टोकियो ओलम्पिकका निर्देशक कोजी मुरोफुसीले पद छोडेका छन् । प्रतियोगिता सुरु हुन १० महिना बाँकी रहेको समयमा मुरोफुसीले पद छोडेका हुन् ।

ह्यामर थ्रोका पूर्वओलम्पिक स्वर्ण पदक विजेता मुरोफुसीले जापान स्पोर्ट्स एजेन्सीका लागि पद छोडेका हुन् ।

टोकियो ओलम्पिक आयोजक कमिटीले उनले क्लब छोडेको शुक्रबार जानकारी दिएको छ । कमिटीका मुख्य व्यक्तिमध्ये एक रहेका उनले अब जापान स्पोर्ट्स एजेन्सीको कमिस्नरका रूपमा काम गर्नेछन् ।

उनी ओलम्पिक कमिटीमा सन् २०१४ मा आबद्ध भएका थिए । उनकै सल्लाहमा प्रतियोगिताको तालिका डिजाइन भएको थियो ।

Loading...