Rumpum

Rumpum Advertisement

बुटवलमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

बुटवलमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

रुपन्देही, २६ भदौ । रुपन्देहीको बुटवलमा रहेको कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

१९ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनको आईसीयूमा उपचाररत अवस्थामा शुक्रबार मृत्यु भएको हो ।

उनमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा. विष्णु गौतमले बताए ।