केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना पुष्टि

काठमाडौं, २६ भदौ । काठमाडौंको केन्द्रीय कारागारमा मृत्यु भएका ४ जना कैदीबन्दीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जेलर लक्ष्मी बास्कोटाका अनुसार १६ भदौमा मृत्यु भएका ३ जना र १९ भदौमा मृत्यु भएका १ जनाको कोरोना पुष्टि भएको हो ।

केन्द्रीय कारागारमा रहेका कैदीमध्ये ४ जनाको १६ भदौमा मृत्यु भएको थियो । तीमध्ये एक जनाको मृत्युअघि नै कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएका सबै केन्द्रीय कारागारकै अस्पतालमा उपचाररत थिए ।

Loading...