ब्राजिलमा कोरोना संक्रमितको संख्या ४२ लाखभन्दा बढी

एजेन्सी, २६ भदौ । ब्राजिलमा गत २४ घन्टाभित्र ४० हजार ५५७ जना नयाँ सङ्क्रमित भेटिएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै ब्राजिलमा कोभिड १९ का सक्रमितहरूको संख्या करिब ४२ लाखभन्दा बढी पुगेका छन् । शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँको कोभिड १९ का संक्रमितहरूको जम्मा संख्या ४२ लाख ३८ हजार ४६४ जना पुगेको बताइएको हो ।

उक्त मन्त्रालयका अनुसार यहाँ यो संक्रमणबाट गएको २४ घन्टामा ९८३ जनाको ज्यान गएको छ । योसँगै यहाँ १ लाख २९ हजार ५२२ जनाको ज्यान गएको छ । गएको २४ घन्टायता शुक्रबार बिहानसम्म यहाँ यो संक्रमणबाट ९८३ जनाको ज्यान गएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

कोरोना भााइरसबाट सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल अमेरिका र भारतपछिको तेस्रो स्थानमा पर्ने देश हो । अमेरिकामा करिब ६४ लाख मानिस संक्रमित भएका पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यसैगरी भारतमा भने यो संख्या ४६ लाखभन्दा केही बढी छ । यसै हप्तामात्र भारत विश्वमा अमेरिकापछि बढी संक्रमित हुने देशमा उक्लिएको थियो । यसअघि ब्राजिल नै अमेरिकापछि थियो ।

यसैबीच प्राप्त पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म विश्वमा यो संक्रमणबाट २ करोड ७९ लाख मानिस संक्रमित भएका छन् भने ९ लाखभन्दा बढीको ज्यान गएको छ । रासस

Loading...