चेल्सीका बुत्सुयीले फेरि क्रिस्टलबाट खेल्ने

एजेन्सी, २६ भदौ । बेल्जियन फरवार्ड मिची बत्सुयी पुनः क्रिस्टल प्यालेसबाट खेल्ने भएका छन् । क्रिस्टलले चेल्सीका स्टार बत्सुयीलाई पुनः एक सिजनका लागि अनुबन्ध गरेको जनाएको छ ।

अघिल्लो सिजन लोनमा क्रिस्टल गएका उनी लगातार दुई सिजन क्रिस्टलबाट खेल्ने भएका छन् ।

२६ वर्षीय बत्सुयी चेल्सीबाट एक सिजनका लागि लोनमा क्रिस्टल गएका थिए । र, उनले क्रिस्टलसँग २०२०–२१ सम्मका सम्झौता थपेका छन् ।

यसअघि उनले उनले जर्मन क्लब बोरुसिया डर्टमुन्ड र स्पेनिस क्लब भ्यालेन्सियामा पनि लोनमा खेलिसकेका छन् ।

गत सिजन उनले क्रिस्टलका लागि १३ लिग खेलमा ६ गोल गरेका थिए ।

Loading...