Rumpum

Rumpum Advertisement

‘लिन आउँछु भन्थ्यौ’ भन्दै पूजा (भिडियोसहित)

‘लिन आउँछु भन्थ्यौ’ भन्दै पूजा (भिडियोसहित)

विराटनगर, २६ भदौ ।  अभिनेत्री पूजा शर्मा अभिनित ‘लिन आउँछु भन्थ्यौ’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको म्यूजिक भिडियोलाई बूढासुब्वा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । दिग्गज धौरालीको शब्द रहेको गीतमा गायिका उर्मिला लाम्गाडेको स्वर छ ।

गीतमा अर्जुन पोखरेलले संगीत भरेको छन् । कविराज गहतराजको निर्देशनमा तयार भएको गीतमा पूजासहित कलाकार राज कटुवालको प्रस्तुति रहेको छ ।

डान्सिङ नम्बरमा तयार पारिएको गीतको भिडियोमा पूजाको नृत्य निकै राम्रो देखिएको छ ।

सौरभ लामाको छायांकनमा तयार भएको गीतको भिडियोलाई अर्जुन जीसीले सम्पादन गरेका हुन् ।

हाल अमेरिकामा बस्दै आएकी उर्मिलाले ‘दलन’ नामक सिरियलमा काम गरेकी थिइन् । उनको आवाजमा समावेश यो पहिलो गीत हो ।

गीतलाई दर्शकहरूले निकै मनपराइरहेका छन् । सार्वजनिक भएको २४ घण्टा नबित्दै गीत ट्रेन्डिङमा समेत आउन सफल भएको छ ।