Rumpum

Rumpum Advertisement

बिरोलोको शरीरमा कोभिड-१९ विरुद्ध लड्ने एन्टीबडीको विकास

बिरोलोको शरीरमा कोभिड-१९ विरुद्ध लड्ने एन्टीबडीको विकास

एजेन्सी, २६ भदौ । चीनको वुहानमा गरिएको अध्ययनले सुरुआती अनुमानको तुलनामा बिरालोमा पनि कोरोना भाइरसको संक्रमण धेरै भएको पत्ता लगाएको छ ।

हुआझोंग कृषि विश्वविद्यालयका शोधकर्ताले १०२ बिरोलोको रगतको नमूनासहित अन्य नमूना परीक्षण गरेका थिए ।

इमर्जिङ माइक्रोब्स एन्ड इन्फेक्सन पत्रिकामा प्रकाशित गरिएको अध्ययनमा १५ बिरालोको रगतमा कोभिड १९ विरुद्धको रोग प्रतिरोधात्मक क्षमता विकास भएको थियो ।

तर, ती बिरालामध्ये कुनैमा पनि कोरोना संक्रमण पुष्टि भएको थिएन भने कुनैमा पनि कोरोनाको केही लक्षणसमेत देखिएको थिएन ।

साथै, उनीहरूमध्ये कुनै एक बिरालो पनि कोरोनाका कारण मरेका थिएनन् । अनुसन्धानमा ३ पशु आश्रयबाट छोडिएका ४६ बिराला, ५ पशु अस्पतालको ४१ र कोरोना संक्रमित परिवारका १५ बिरालोलाई समावेश गरिएको थियो ।

यीमध्ये ३ बिरालोको शरीरमा उच्चतम स्तरमा एन्टिबडी थियो र यी बिरालाहरू कोरोना पीडितसँगै रहँदै आएका थिए । अनुसन्धान टोलीले बिरालोबाट मानव प्रसारणको लागि हाल कुनै प्रमाण नभएको बताएको छ ।

मानवमा सार्स-कोभ -२ विरुद्ध एन्टिबडीको विशेषता आँकलन गर्न बिरालोहरू पशु नमूनाको रूपमा ठूलो सम्भावना रहेको अनुसन्धान टोलीले सुझाएको छ ।

यसअघि नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित एक अध्ययनले बिरालोको एन्टिभाइरल औषधिले मानवमा भएको कोभिड १९ विरुद्ध लड्न मद्दत गर्नसक्ने उल्लेख गरिएको थियो ।