टिकटकलाई पुनः राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी, २६ भदौ । अमेरिकीले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरूका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो एप्समाथि यही १५ सेप्टेम्बरदेखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरूमा प्रतिबन्ध लगाउनेबारे यसअघि निर्णय भइसकेको र अब त्यो मिति पर नसारिने जानकारी बिहीबार गराएका छन् ।

उनले ती एप्सहरूमाथिको प्रतिबन्धका विषयमा विचार भइरहेको र अन्तिम तयारी पनि भइरहेको जानकारी दिएका हुन् ।

‘अब आगामी १५ सेप्टेम्बरदेखि लगाउने भनिएको सो प्रतिबन्धको समय आएको छ र हामीले त्यसलाई पछि सार्ने कुरा हुँदैन,’ राष्ट्रपति ट्रम्पले भने ।

प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेषगरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको र त्यो बढी चर्चाको विषय पनि बनेको छ ।

अमेरिकाले ती एप्लिकेशनमा प्रतिबन्ध लगाउने भनी अमेरिकाले गरेको यही सेप्टेम्बर १५ को तारिख पछि नसारिने ट्रम्पकाे भनाइ छ ।

टिकटकको विषयलाई लिएर अमेरिकामा विगतदेखि नै बहस भइरहेको छ । यस विषयमा सांसदहरूले पनि लामो समयदेखि चासो देखाउँदै आएका छन् ।

अमेरिकी सरकारले भने प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्शहरूमा प्रतिबन्धको तयारी भएको बताउँदै आएको छन् ।

यसअघि चिनियाँ कम्पनीका ती एप्शहरुमाथि भारतले पनि टिकटकसहितका अरु करिब ५९ वटामा प्रतिबन्ध लगाइसकेको छ ।

Loading...