मियामीमा अनुबन्ध हुन हिगुइन अमेरिकामा

एजेन्सी, २६ भदौ । अर्जेन्टिनाका फरवार्ड गोन्जालो हिगुइनले युभेन्टससँग सम्झौता थप्न अस्वीकार गरेका छन् ।

पूर्वसहकर्मी डेभिड बेकह्यामको क्लब इन्टर मियामी जाने मनसाय बनाएका हिगुइनले सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टससँग सम्झौता थप्न अस्वीकार गरेको बताइएको छ ।

खबरका अनुसार अमेरिकन सकर लिग मियामीमा अनुबन्ध हुनका लागि हिगुइन अमेरिका प्रस्थान गरिसकेका छन् । ३२ वर्षीय हिगुइन सन् २०१६ मा युभेन्टमा अनुबन्ध भएका थिए । उनको सम्झौता २०२१ मा सकिँदैछ ।

तर, रियल मड्रिडमा एकसाथ खेलेका बेकह्यामको क्लब मियामीका जाने मनसायमा रहेका हिगुइनले युभेन्टससँग सम्झौता थप्न अस्वीकार गरेको इटालियन मिडिया ‘ला गजेट्टा डेल्लो स्पोर्ट्स’ले जनाएको छ ।

खबरका अनुसार मियामीले आउँदो केही समयमा नै हिगुइनलाई घोषणा गर्नेछ । टुरिन बसाइका क्रममा १४९ खेल खेलेका हिगुइनले ६६ गोल र १६ असिस्ट गरेका छन् ।

Loading...