Rumpum

Rumpum Advertisement

बाँकेमा थप १९ जना संक्रमित निको भए

बाँकेमा थप १९ जना संक्रमित निको भए

नेपालगञ्ज, २६ भदौ । बाँकेमा शुक्रबार थप १९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

मेडिकल कलेज कोहलपुर आइसोलेसनबाट ९ जना, होटल सिटी प्यालेस आइसोलेशनबाट ५ जना, भेरी अस्पतालबाट २ जना तथा अतिथि होटल, खुल्ला कारागार र कृषि तालिम केन्द्र खजुरा आइसोलेश्नबाट १–१ जना निको भइ घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

यससँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९७० पुगेको छ । अब आइसोलेशनमा बाँकेमा ३८६ र अन्य जिल्लाका ५ जना गरी ३९१ जना छन् ।

बाँकेमा हालसम्म १ हजार ३६४ जनामा कोरोना पुष्टि भएको छ भने ८ जनाको मृत्यु भइसकेको छ ।