करेन्ट लागेर वृद्धाको मृत्यु

उदयपुर, २६ भदौ । उदयपुरमा करेन्ट लागेर ६१ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

उदयपुरको चौदण्डीगडी नगरपालिका–५ की ६१ वर्षीया सिलमन्ती चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

शुक्रबार बिहान ८ बजेको समयमा आफ्नै घरको कलमा जडान गरेको पानी तान्ने मोटर चलाउनेक्रममा उक्त मोटरमा जडान गरिएको तारबाट अचानक करेन्ट लाग्दा चौधरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Loading...