जिराउड युभेन्टस जाने तयारीमा

एजेन्सी, २६ भदौ । फ्रेन्च स्टार ओलिभर जिराउड इटालियन क्लब युभेन्टस जाने तयारीमा रहेको बताइएको छ ।

प्रिमियर क्लब चेल्सीबाट बिदा हुँदै जिराउड सिरी ‘ए’ क्लब जाने तरखरमा रहेको स्काई स्पोर्ट्स इटालियाले जनाएको छ ।

विश्वकप विजेता स्ट्राइकर जिराउडले स्टाम्फोर्ड ब्रिजमा साढे २ वर्ष बिताए ।

सन् २०१८ को जनवरीमा आर्सनलबाट चेल्सी आएका उनले इटालियन च्याम्पियन क्लब युभेन्टस जना सहमतिसमेत जनाएको खबरमा उल्लेख गरिएको छ ।

३३ वर्षीय जिराउडले युभेन्टससँग २ वर्षे सम्झौता थप्न लागेको पनि बताइएको छ ।

सन् २०१२ मा लण्डन आएका उनले दुई क्लबबाट गरेर चार पटक एफए कपको उपाधि र एक पटक युरोपा लिगको उपाधि जितेका छन् ।

Loading...