Rumpum

Rumpum Advertisement

सुनको मूल्य घट्यो, प्रतितोला ९६ हजार ५ सय

सुनको मूल्य घट्यो, प्रतितोला ९६ हजार ५ सय

विराटनगर, २६ भदाै । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुनको मूल्य प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।