मधुमेहको समस्या भएका मानिसलाई सास गन्हाउने समस्या हुन सक्छ

विराटनगर, २६ भदौ । सास गन्हाउने समस्या जुनसुकै उमेरका मानिसलाई हुन सक्छ ।

लसुन , प्याज खाँदा तथा ब्रस नगर्दा निम्तिने सास गन्हाउने अवस्था आफैंमा रोग नभइ कहिलेकाहिँ शरीर तथा मुखमा भएको रोगका कारण पनि हुन सक्छ ।

सास गन्हाउने अवस्थालाई हेलिटोसिस भनेर चिनिन्छ र मधुमेह, मिर्गौला समस्या, दम, सिस्टिक फाइब्रोसिस र फोक्सोको क्यान्सर जस्ता धेरै अन्तर्निहित स्वास्थ्य अवस्थाले यसलाई निम्त्याउन सक्छ ।

मधुमेह रोगीहरूको मुखबाट गुलियो, फलफूलको गन्ध आउने गर्छ । त्यस्तै, अन्य रोगहरूलाई पनि सासको गन्धबाट चिन्न सकिन्छ ।

रगतमा किटोन्सको उच्चस्तरको कारण मधुमेह रोगहरूमा सास गनाउने समस्या हुन सक्छ । जब मधुमेहबाट पीडित मानिसको शरीर इन्सुलिन प्रतिरोधी हुन्छ वा पर्याप्त इन्सुलिन उत्पादन गर्न सक्दैन ।

यस कारणले कोषहरूले आवश्यक ग्लुकोज पर्याप्त मात्रामा प्राप्त गर्दैनन् । शरीरको विभिन्न कार्य गर्नका लागि चाहिने ऊर्जा उत्पादन गर्न फ्याट बर्न हुन थाल्छ ।

जब कोषहरूमा भण्डार गरिएको बोसो ग्लुकोजको सट्टा बर्न हुन थाल्छ, यसले रगत र पिसाबमा किटोन्स उत्पादन हुन सुरु हुन्छ । शरीरमा उपस्थित किटोन्सको उच्चस्तरले सास गन्हाउने समस्या निम्त्याउछ ।

सासको गन्धका साथै, बारम्बार पिसाब लाग्ने, पेट दुख्ने, वाकवाकी वा बान्ता, रगतमा उच्च ग्लूकोज स्तर, सास फेर्न गाह्रो हुने उच्च कीटोन्सको सामान्य लक्षणहरू हुन् ।

सासको गन्ध रगतमा किटोन्सको उच्चस्तरको कारण हो भने यसलाई औषधिको सेवनले मात्र हटाउन सकिन्छ । तर, कहिलेकाहिँ सास गन्हाउने समस्या दाँतसम्बन्धी समस्याका कारण पनि हुन सक्छ ।

सास गन्हाउने समस्याबाट छुट्कारा पाउन दिनको कम्तिमा दुई पटक दाँत माझ्ने, जिब्रो सफा गर्ने, डेन्टल फ्लसको प्रयोग गर्ने, रगतमा चिनीको स्तरलाई नियन्त्रणमा राख्ने, प्रशस्त मात्रामा पानी पिउने, चिनीमुक्त गमको प्रयोग गर्ने तथा दन्त चिकित्सकको नियमित सल्लाह लिने गर्नुपर्छ ।

Loading...