कोरोनामुक्त हुँदै पियानिक बार्सिलोनामा

एजेन्सी, २६ भदौ । बोस्नियन मिडफिल्डर मिरालेम पियानिक स्पेनिस क्लब बार्सिलोना पुगेका छन् । कोरोना पुष्टि भइ आइसोलेशनमा रहेका उनी संक्रमणमुक्त भइ बिहीबार राति बार्सिलोना पुगेका हुन् ।

यसै सिजन बार्सिलोनामा अनुबन्ध भएका उनलाई दुई साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । दुई साता आइसोलेशन बसेर उनी टुरिनबाट बार्सिलोनामा उपस्थित भएका हुन् ।

अब उनले ला लिगा सुरु गर्नुअघि पनि पीसीआर परीक्षण गराउनेछन् । र, बार्सिलोनाबाट प्रशिक्षण सुरु गर्नेछन् । कोरोनाको रिपोर्ट नआउन्जेल उनले व्यक्तिगत रूपमा एक्लै प्रशिक्षण गर्नेछन् ।

बार्सिलोनाले अर्को साताको सुरुआतमा उनलाई सार्वजनिक गर्ने बताइएको छ ।

Loading...