एलिजा र दुर्गेश अभिनित ‘घाँसको माया गाईलाई’ (भिडियोसहित)

विराटनगर, २६ भदौ । नायिका एलिजा गौतम र गायक तथा मोडेल दुर्गेश थापा अभिनित ‘घाँसको माया गाईलाई’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियोलाई इनाक्षी इन्टरटेनमेन्ट नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । राजेन्द्र थापाको शब्दमा तयार भएको गीतलाई राजनराज शिवाकोटी र रेखा ढुंगाना कट्वालले स्वर भरेका छन् ।

गीतमा गायक शिवाकोटीकै संगीत रहेको छ ।

रामजनक कटवालको निर्माण र माधव श्रेष्टको निर्देशनमा तयार भएको गीतमा एलिजा र दुर्गेशको साथमा बाल कलाकारमा भेनस विक्रम कट्वालको पनि अभिनय रहेको छ ।

शिव बिकको कोरियोग्राफी रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै ट्रेन्डिङमा आउन सफल भएको छ । यसअघि एलिजा र दुर्गेश थापा अभिनित ‘आधी कपाल’ गीत सार्वजनिक भएको थियो ।

Loading...