यूएस ओपन : सेरेना पराजित, सात वर्षपछि अजारेन्का ग्राण्डस्लामको फाइनलमा

एजेन्सी, २६ भदौ । अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स यूएस ओपनको सेमिफाइनलमा पराजित भएकी छन् ।

शुक्रबार बिहान भएको सेमिफाइनलमा उनी बेलारुसियन खेलाडी भिक्टोरिया अजारेन्कासँग पराजित भएकी हुन् ।

न्यूयोर्कमा भएको प्रतिस्पर्धामा सेरेना अजारेन्कासँग दुई एकको सेटमा पराजित भएकी हुन् । उनले एक सेटको अग्रता जोगाउन सकिनन् । अजारेन्काले सेरेनालाई १–६, ६–३ र ६–३ को सेटमा हराइन् ।

अब, अजारेन्काले उपाधिका लागि जापानी खेलाडी नाओमी ओसाकासँग उपाधिका लागि खेल्नेछिन् ।

दुई पटककी अष्ट्रेलियन ओपनको विजेता अजरेन्का २०१३ पछि पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेकी हुन् ।

यता, सेरेनाले २४औं ग्राण्डस्लामका लागि फेरि अर्को प्रतियोगिता कुर्नुपर्ने भएको छ ।

यसअघि सेरेनाले बुग्लेरियन खेलाडी स्वेताना पिरोनकोभालाई हराउँदै सेमिफाइनल प्रवेश गरेकी थिइन् ।

यता, पूर्वविश्व नम्बर १ अजारेन्काले भने बेल्जियमकी एलिस मेर्टेसलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएकी हुन् ।

Loading...