पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

विराटनगर, २६ भदौ । पहिरोका कारण चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनाएको छ ।

शुक्रबार बिहान च्छाकामना गाउँपालिका–६ जलबिरे नजिक झरेको पहिरोले सडकको दुईतर्फी आवागमन ठप्प भएको हो । सडक खुलाउन पहल भइरहे पनि सम्भव हुन नसेको प्रहरीले जनाएको छ । पहिरो खस्ने क्रम अहिले पनि जारी रहेको चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन अलपत्र परेका छन् ।

Loading...