यस्ता छन् तोरीको तेलका फाइदाहरू

विराटनगर, २६ भदौ । तोरीको तेल प्रायः हामी खाना पकाउन प्रयोग गर्ने गर्छौं । विभिन्न परिकारका स्वादिलो खाना बनाउन प्रयोग गरिने तोरीको तेल खानाको लागि मात्र नभएर स्वास्थ्यको लागि पनि निकै लाभदायक छ ।

तोरीको तेलले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्धत गर्छ । जाडोयामको लागि तोरीको तेल निकै उपयोगी छ । यसले शरीरलाई न्यानो राख्न मद्धत गर्छ ।

तोरीको तेलले शरीरलाई मसाज गर्नाले शरीरमा स्फुर्तिपन आउँछ । जसले गर्दा हामीलाई काम गर्न सजिलो हुने गर्छ । यसले हाम्रो मांसपेशीहरूलाई तन्दुरुस्त राख्न मद्धत गर्छ ।

रुघाखोकी लागेको समयमा तोरीको तेलमा मेथी र लसुन पड्काएर शरीरमा दल्ने गरेमा रुघाखोकी निको हुने गर्छ ।

कान दुखेको समयमा कानमा तोरीको तेल लगाउनाले कानको दुखाइमा आराम आउँछ । त्यसका साथै यसले कानभित्रको फोहोरलाई सफा गर्छ ।

थकाइ महशूस भएको समयमा खुट्टामा तोरीको तेलले मालिस गर्नाले थकाइ कम भएको महशूस हुन्छ ।

कसैले विष सेवन गरेको अवस्थामा तोरीको दाना पिसेर पानीमा घोलेर खुवाउने गरेमा शरीरभित्रको विष वान्ता भएर बाहिर निस्कन्छ । यो प्राथमिक उपचार भए पनि विष सेवन गरेको मानिसलाई तुरुन्त अस्पताल लैजानुपर्छ ।

दूधमा तोरीको तेल गलाएर उमाल्ने र गुलाब जलसँग मिसाएर अनुहारमा लगाउनाले अनुहार चम्किलो हुने गर्छ ।

जाडोको समयमा तोरीको तेल शरीरमा दलेर बस्ने गर्दा शरीरमा चिसो छिर्न पाउँदैन । यसले शरीरलाई न्यानो बनाउन मद्धत गर्छ ।

Loading...