ट्रिनबागोले अपराजित रहँदै सीपीएलको उपाधि जित्यो

एजेन्सी, २६ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) को उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ । बिहीबार राति भएको फाइनलमा सेन्ट लुसिया जौक्समाथि ८ विकेटको जित निकाल्दै ट्रिनबागोले उपाधि जितेको हो ।

ब्रायन लारा क्रिकेट स्टेडियममा जौक्सले दिएको १५५ रनको लक्ष्य पछ्याएको ट्रिनबागोले १८.१ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको थियो ।

ट्रिनबागोको जितमा लेन्डेल सिमोन्सले अविजित ८४ रन बनाउँदा डरेन ब्राभोले अविजित रहँदै ५८ रन जोडे ।

बलिङतर्फ स्कोट कुगेलेइन्ज र रास्तोन चेसले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको जौक्सले १९.१ ओभरमा अलआउट हुँदै १५४ रन बनाएको थियो ।

सेन्ट लुसियाका लागि आन्द्रे फलेट्चरले ३९ रन जोड्दा मार्क डियालले २९ रन जोडेका थिए ।

बलिङतर्फ ट्रिनबागोका केइरन पोलार्डले ४ विकेट लिए भने अली खान र फवाद अहमेदले समान २–२ विकेट लिए ।

यससँगै ट्रिनबागोले अपराजित रहँदै सीपीएलको उपाधि जितेको छ । उसले चाैथाे पटक सीपीएलको उपाधि जितेको हो ।

यसअघि उसले २०१५, ०१७, ०१८ मा सीपीएलकाे उपाधि जितेकाे थियो ।

Loading...