सीमामा सशस्त्रलाई सास्ती

विराटनगर, २६ भदौ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि दुवै देशको सीमा नाका सिल गरिएको अवस्थामा सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीले धेरै सास्ती भोग्नु परिरहेको छ ।

प्रदेश १ का भारतसँग सीमा जोडिएका क्षेत्रमा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमण नरोकिए पनि सशस्त्रले चुनौती सहेर सीमा सुरक्षा गरिरहेको छ । सुरक्षाकर्मीलाई हटाएर सीमाबाट तस्करीलाई प्रसय दिने हिसाबमा आक्रमण हुने गरेको सशस्त्रको बुझाइ छ ।

झापा, मोरङ, सुनसरीका सीमावर्ती क्षेत्रमा सीमा बन्द भएको पाँच महिनाभन्दा बढी भइसक्दा सशस्त्र प्रहरीले दर्जनौ पटक झडप र आक्रमणको सामना गर्नु परेको छ । कोरोना संक्रमितलाई नेपाल प्रवेश गर्नबाट रोक्न सीमामा खटिएका सशस्त्रलाई लखेटेर तस्करी धन्दा चलाउने योजना हुन सक्ने सशस्त्रको भनाइ छ ।

वर्षौदेखि सीमाबाट सहज आउजाउ गर्न पाउनेहरु सशस्त्र प्रहरी बसिदिएपछि आक्रोसित बनेका छन् । आजको उद्घोष दैनिकमा समाचार छ

Loading...