जुम्लाका ४२ जना कोरोना संक्रमणमुक्त

जुम्ला, २५ भदौ । जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिकाका ३८ जनासहित जिल्लाका ४२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा बुधबार स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमितको पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ४२ जना घर फर्किएका हुन् ।

यससँगै जुम्लामा कोरोनामुक्त भइ घर फर्किनेको संख्या १९३ जना पुगेको छ । १५ जना आइसोलेशनमा र ९ जना होम आइसोलेशनमा गरी २४ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लाका ९ हजार २८६ जनाको पीसीआर परीक्षण गरिएकोमा २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Loading...