विराटनगरमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, २५ भदौ । विराटनगरमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका – १९ मिलन चाैककी ४४ वर्षीय महिलाको मृत्यु भएको हो ।

श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई बिहीबार दिउँसो काेशी अस्पतालमा ल्याइएकाे थियाे । काेशीबाट बिहीबार साँझ काेभिड १९ उपचार केन्द्रमा पठाइएकाे थियाे ।

उपचारका क्रममा बिहीबार साँझ ७ :१० बजे मृत्यु भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए । महिलामा ५ दिनदेखि ज्वरो देखिएको थियो ।

महिलाकाे मृत्यु भए सँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १६ पुगेको छ ।

Loading...