प्रदेश नं २ मा एकै दिन ३०६ संक्रमित निको भए

जनकपुरधाम, २५ भदौ । प्रदेश नंं २ मा एकै दिन तीन सयभन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमित भएर प्रदेश नंं २ को विभिन्न जिल्लाहरूको संस्थागत तथा होम आइसोलेशनमा रहेका ३०६ जना कोरोनामुक्त भएर आज घर फर्किएका हुन् ।

प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयका निमित्त दिर्नेशक विजयकुमार झाका अनुसार एकै दिनमा यतिको संख्यामा संक्रमणमुक्त भएर पहिलो पटक घर फर्केका हुन् ।

कोरोनाबाट संक्रमणमुक्त हुनेहरूमा २१७ जना पुरुष तथा ८९ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिले संक्रमित हुनेभन्दा संक्रमणबाट मुक्त हुनेको सङख्या बढेको पनि निमित्त निर्देशक झाले जानकारी दिए ।

Loading...