भारत र चीनका विदेशमन्त्रीबीच रुसमा भेटवार्ता हुने

मस्को, २५ भदौ । भारत र चीनका विदेशमन्त्रीबीच रुसमा भेटवार्ता हुने भएको छ । भारतका विदेश मन्त्री एस जयशंकरले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग रुसमा भेटवार्ता गर्ने भएका हुन् ।

सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को विदेश मन्त्रीहरूको बैठकका क्रममा उनीहरूबीच भेटवार्ता हुन लागेको हो ।

रुसको राजधानी मस्कोमा बिहीबार उनीहरूबीच भेटवार्ता हुने तय भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

भारत र चीनका बीचमा सीमा विवाद चर्किदै गइरहेका बेला ती देशका विदेश मन्त्रीहरूका बीचमा हुन लागेको भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ ।

भारतका र चीनको सिमानामा पर्ने लद्दाखका केही ठाउँमा भिडन्तसमेत भएका समाचारहरू आएका थिए ।

गत शुक्रबार पनि भारतीय रक्षा मन्त्री राजनाथ सिंह र चिनियाँ रक्षा मन्त्री जनरल वाई फेङ्गबीच मस्कोमै भेटवार्ता भएको थियो ।

Loading...