आज काठमाडौं उपत्यकामा थप ५७२ जनामा संक्रमण पुष्टि

काठमाडौं, २५ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा बिहीबार थप ५७२ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका ४९५ जना, ललितपुरका ४३ जना र भक्तपुरका ३४ जना रहेका छन् ।

Loading...