थप १८ सय १८ जना कोरोना जित्दै घर फर्किए

विराटनगर, २५ भदौ । नेपालमा बिहीबार थप १८ सय १८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १८ सय १८ जना कोरोना संक्रमणबाट निको हुँदै घर फर्किएको जानकारी दिएको छ ।

यससँगै कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७०० पुगेको छ । कुल संक्रमितमध्ये ७१ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

बिहीबार थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप पाँच जनाकाे ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेकाे संख्या ३१७ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

Loading...