प्रदेशमा ८६ संक्रमित थपिए, पाँचजना डिस्चार्ज

प्रदेशमा ८६ संक्रमित थपिए, पाँचजना डिस्चार्ज

विराटनगर, २५ भदौ । बिहीबार प्रदेश १ मा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या चार हजार ४९८ पुगेको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ८ महिला ६ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, धरान र बर्जुमा १–१ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

मोरङको विराटनगरमा २ महिला ४ पुरुष, रतुवामाईमा ३ महिला २ पुरुष, पथरीशनिश्चरेमा १ महिला १ पुरुष, कटहरी र सुनवर्षीमा १–१ पुरुष र रंगेलीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।
संखुवासभाको खाँदबारीमा २० पुरुष, सिलिचोङमा १ पुरुष, चिलिलामा १ महिलामा संक्रमण पुष्टि भएको छ ।

झापाको शिवसताक्षीमा २ महिला ५ पुरुष, कमल गाउँपालिका र बाह्रदशीमा १–१ पुरुष, दमकमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

पाँचथरको फिदिममा २ पुरुष, मिक्लाजुङमा १ पुरुष, फालेलुङमा १ महिला, भोजपुरको ट्याम्केमैयुङ, भोजपुर र षडानन्दमा १–१ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, इलामको चुलाचुलीमा १ महिला १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पाँचजना डिस्चार्ज

प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या एक हजार ९५३ पुगेको छ ।

प्रदेश १ मा आज एक हजार ५११ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २३ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।