Rumpum

Rumpum Advertisement

पीएसजीले रोमाका मिडफिल्डर फ्लोरेन्जी भित्र्याउने

पीएसजीले रोमाका मिडफिल्डर फ्लोरेन्जी भित्र्याउने

एजेन्सी, २५ भदौ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) इटालियन मिडफिल्डर एलेसान्द्रो फ्लोरेन्जी अनुबन्ध गर्ने तयारी गरेको बताइएको छ ।

पीएसजीले सिरी ‘ए’ क्लब रोमाका खेलाडी फ्लोरेन्जीलाई भित्र्याउने तयारी गरेको ‘स्काई स्पोर्ट्स’ले जनाएको छ । २९ वर्षीय फ्लोरेन्जीलाई रोमाबाट लोनमा ल्याउने तयारीमा पीएसजी रहेको ‘ट्रान्सफर जर्नालिस्ट’ फाब्रिजियो रोमानोले उल्लेख गरेका छन् ।

खबरका अनुसार किन्न सक्ने विकल्पका रूपमा पीएसजीले फ्लोरेन्जी अनुबन्ध गर्ने योजना बनाएको छ । उनीमाथि इंग्लिस क्लब आर्सनलको पनि नजर रहेको बताइएको छ ।