चितवनमा थप एक संक्रमितको मृत्यु

चितवन, २५ भदौ । चितवन मेडिकल कलेजमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–११ का ६२ वर्षीय पुरुषको आज दिउँसो उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वास समस्या देखिएपछि भदौ २० गते अस्पतालमा भर्ना भएका उनको भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा आज उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

योसँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । एकजना वृद्धाको घरमा नै मृत्यु भएको थियो । मृत्यु हुनेमा चितवनका १३, मकवानपुरका ५, नवलपरासी सुस्तापूर्वका तीन तथा बारा, गोर्खा र कैलालीका एक÷एकजना रहेका छन् ।

Loading...