Rumpum

Rumpum Advertisement

अन्तर्राष्ट्रिय उडानको संख्या थप हुने

अन्तर्राष्ट्रिय उडानको संख्या थप हुने

काठमाडौ, २५ भदौ । उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रममन्त्रीका बीच बिहीबार भएको छलफलपश्चात अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने भएको छ । चार मन्त्रीबीचको छलफलपश्चात प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको हो ।

समझदारीअनुसार पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुमात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलायन्सले थप उडान मागेमा अनुमति प्रदान गरिने भएको छ ।

कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने सहमति भएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

मन्त्री भट्टराईका अनुसार श्रम कल्याणकारी कोषबाट उद्दार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँगको समन्वयमा उडानको व्यवस्था गरिने छ ।

नियमित उडान नभएका मुलुकमा पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गरिने बताइएको छ ।

विदेशी भूमिमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीप्रति सरकार संवेदनशील रहेको र स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोसिस गरिरहेको पनि मन्त्री भट्टराईले बताए ।