Rumpum

Rumpum Advertisement

५० वर्षमा वन्यजन्तुको संख्या दुई तिहाइभन्दा धेरैले घट्यो

५० वर्षमा वन्यजन्तुको संख्या दुई तिहाइभन्दा धेरैले घट्यो

विराटनगर, २५ भदौ । पछिल्लो ५० वर्षमा वन्यजन्तुको संख्या दुई तिहाइभन्दा धेरैले घटेको छ ।

विश्वभरका विभिन्न जंगलमा रहेका वन्युजन्तु, समुद्रमा रहेका जलप्राणी र घाँसेमैदानहरूमा रहेका हजारौं जीवको अध्ययनपछि वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफले गएको ५० वर्षको अवधिमा विश्वमा चरा, माछा, स्तनधारी, उभयचर र घस्रने जनावरको संख्या दुई तिहाइभन्दा धेरैले घटेको जानकारी दिएको हो ।

बीबीसीले जनाएअनुसार संरक्षणसम्बन्धी वैज्ञानिकले सन् १९७० यता विश्वभर यस्ता जीवको संख्यामा औसतमा ६८ प्रतिशतले कमी आएको छ । प्रतिवेदनमा चाहिनेभन्दा धेरै माछा मारिने, जंगलमा डढेलो लाग्ने र वन्यजन्तुको बसोबास रहेको क्षेत्र विनाश हुनेजस्ता कारणले जीवको संख्यामा गिरावट आएको उल्लेख छ ।

जंगलको विनाश गर्ने, समुद्रमा अत्यधिक माछा मार्ने र जंगली जीवहरूलाई सखाप पार्दा यसको असर पृथ्वीमा स्पष्टरुपमा देख्न थालेको वैज्ञानिकहरूको भनाइ छ । तर, तत्काल यसविरुद्ध कदमहरू चालिएको खण्डमा अहिलेको प्रवाह उल्टिन सक्ने प्रमाणहरू पनि छन् ।

प्रतिवेदनले मानिसहरूले यसअघि कहिल्यै नगरेको दरमा प्रकृतिको विनाश गरिरहेको भन्दै चेतावनीसमेत दिएको छ ।