सन्यास लिने मनसायमा चर्चित रेस्लर एजे स्टाइल

एजेन्सी, २४ भदौ । अमेरिकन रेस्लर एजे स्टाइलले सन्यास लिने मनसाय बनाएका छन् ।

उत्कृष्ट रेस्लरमध्ये एक स्टाइलले हालै एक अन्तर्वार्ताका क्रममा खेल जीवनबाट सन्यास लिने बताएका हुन् ।

डब्लडब्लुईका स्टाइल सन् १९९८ देखि रिङमा उत्रिँदै आएका छन् । ४३ वर्षीय उनले अब यो यात्रा अगाडि बढाउन नचाहेको उल्लेख गरे । मंगलबार उनले सन्सास लिने आफ्नो योजना सुनाएका थिए ।

‘म सन्साय लिन चाहन्छु । पक्कै पनि मैले यस्तो निर्णय लिइसकेँ, यो शुक्रबारसम्ममा सायद म घोषणा गर्छु’, उनले भने ।

Loading...