डिपे बार्सिलोना आउन सहमत

एजेन्सी, २५ भदौ । फ्रेन्च क्लब लियोनका कप्तान मेम्फिस डिपे बार्सिलोना आउन सहमत भएका छन् ।

नेदरल्याण्ड्सका खेलाडी डिपे आफ्नो देशका रोनाल्ड कोइम्यानको नेतृत्त्व रहेको क्लब बार्सिलोना आउन सहमत भएको ‘स्काइ इटाली’ले जनाएको छ ।

लियोनका विंगर डिपे व्यक्तिगत रूपमा बार्सिलोना आउन सहमत भएको र अब दुई क्लबको अनुमति बाँकी रहेको ‘ट्रान्सफर जर्नालिस्ट’ फाब्रिजियो रोमानोले जनाएका छन् ।

खबरका अनुसार डिपेले लियोन छोड्द बार्सिलोनाबाट तीन वर्षको सम्झौता गर्न लागेका छन् ।

डिपे र लियोनबीचको सम्झौता २०२१ सम्म रहेको छ । फ्रेन्च क्लब लियोनले पनि उनको मूल्य ५५ मिलियन युरो तोकिसकेको छ ।

यता, बार्सिलोनाका नवनियुक्त प्रशिक्षक कोइम्यानले पनि डिपे अनुबन्ध गर्न चाहेको बताइन्छ ।त्यसबाहके कोइम्यानले लिभरपुलका जर्जिनियो विज्नाल्डममाथि पनि नजर लगाएको बताइन्छ ।

डिपे र विज्नाल्डम दुवै राष्ट्रिय टोलीमा कोइम्यानसँग काम गरिसकेका छन् ।

Loading...