सुनको मूल्यमा वृद्धि

सुनको मूल्यमा वृद्धि

काठमाडौं, २५ भदौ । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलाको ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर एक हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।