रुसले तीन करोड २० लाख खोपको डोज मेक्सिकोलाई बेच्दै

विराटनगर, २५ भदौ । रुसले सम्भावित कोरोनाविरुद्ध खोपको तीन करोड २० लाख डोज मेक्सिकोलाई बिक्री गर्ने भएको छ ।

रुसको सार्वभौम सम्पत्ति कोषले कोभिड–१९ को पहिलो सम्भावित ‘स्पुतनिक–भी’ नामक खोप मेक्सिकोको एक मुख्य फर्मासिटिकल कम्पनीलाई बिक्री गर्ने सम्झौता भएको बताइएको छ । ‘स्पुतनिक–भी’ खोप निर्यातको यो दोस्रो सम्झौता हो । यसअघि रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) ले पहिलो सम्झौता अगस्तमा काजकस्तानसँग गरिसकेको छ ।

कजाकिस्तानले सुरुमा २० लाखभन्दा बढी डोज किन्ने तयारी गरेको छ र पछि यो मात्रा ५० लाख डोजमा पुर्‍याउन सक्ने, आरडीआईएफले जनाएको छ ।

रुसले यसअघि ११ अगस्तमा मास्कोको गमलेया संस्थानले विकास गरेको विश्वको पहिलो कोरोनाविरुद्धको खोप दर्ता गरेको दावी गरेको थियो । २६ अगस्टमा सुरु गरिएको स्पुतनिक–भीको अन्तिम चरणको ट्रायलमा ४० हजारभन्दा बढी सहभागीहरू समावेश गरिएको छ ।

Loading...