गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

सुर्खेत, २५ भदौ । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उनले कोरोनाको आशंकामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिएका थिए ।

कोरोना महामारी नियन्त्रणमा खटिँदै आएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका छन् । उनले आफूलाई सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको बताए । ‘अहिले आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने, ‘उच्च मनोवलका साथ तातोपानी, बेसार पानी पिएर कोरोना जितेर फर्कन्छु ।’

Loading...