यस्तो छ आजको मौसम

विराटनगर, २५ भदौ । प्रदेश १ , बागमती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा आज (बिहीबार) भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी प्रदेशका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ । मौसममा सामान्य बद्ली भई केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनको न्युन चापीय रेखा हाल औसत भन्दामाथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाइएको छ । महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Loading...