गर्भावस्थामा यस्ता कुराहरूमा ध्यान दिनुहोस्

विराटनगर, २५ भदाै । गर्भावस्थामा गर्भवती महिलाले धेरै कुराहरूमा ध्यान दिनुपर्छ । अझ कोरोना महामारीकाे यस समयमा गर्भवती महिलाले धेरै कुराहरूमा ध्यान दिनुपर्छ ।

pregnant-2

गर्भवती महिला कोरोनाकाे उच्च जोखिममा हुने भएका कारण पनि यस्तो समयमा सचेत हुन आवश्यक छ ।

यसैगरी पेटमा बच्चाको बविकास भइरहेको हुनाले प्रशस्त मात्रामा पौष्टिक तत्वको आवश्यकता पर्ने गर्छ ।

एउटा सानो गल्तीले पनि आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पुग्नसक्छ । गर्भवतीले मात्र नभएर घरका अरु सदस्यले पनि गर्भवती महिलाको हेरचाहमा कुनै प्रकारको कमी आउन दिनुहुँदैन । गर्भवती महिलालाई यस समयमा अरु सदस्यको मद्धत धेरै चाहिएको हुन्छ ।

गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरू यस प्रकार छन् :

  • बिहान उठ्नेबित्तिकै व्यक्तिगत सरसफाइ गर्ने, अन्य समयभन्दा यो समयमा सरसफाइमा बढी ध्यान दिनुपर्छ
  • पोषिलो खानेकुरा खाने, अन्य समयभन्दा बढी झोलयुक्त खानेकुरा खाने
  • नियमित सेवन गर्ने औषधि आइरन, क्याल्सियम खाने
  • राति आठ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुतेर आराम गर्ने
  • गर्भवती महिलाले मनमा सकारात्मक कुराहरू मात्र सोच्ने, नकारात्मक कुरा सोच्दा ब्लडप्रेसर बढ्नेलगायत मानसिक समस्या सिर्जना हुन सक्छ
  • धुम्रपान, मद्यपान सेवन नगर्ने
  • चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधि नखाने
  • शारीरिक तथा मानसिक कडा पर्ने खालको परिश्रम नगर्ने
Loading...