Rumpum

Rumpum Advertisement

इराकबाट आफ्ना सैनिक फिर्ता बोलाउँदै अमेरिका

इराकबाट आफ्ना सैनिक फिर्ता बोलाउँदै अमेरिका

विराटनगर, २५ भदौ । अमेरिकाले इराकामा रहेका आफ्ना सैनिक फिर्ताको प्रक्रिया थालेको छ ।

इराकमा रहेकामध्ये झन्डै एक तिहाई सैनिक अमेरिकाले फिर्ता गर्ने भएको हो । अमेरिकाले केही साताभित्रै दुई हजार दुई सय सैनिक फिर्ता बोलाउने तयारी थालेको छ । बीबीसीले जनाए अनुसार सेप्टेम्बर अन्तिमसम्मा ती सैनिक फिर्ता हुँदैछन् ।

जनरल केनथ म्याकेन्जीलका अनुसार इराकमा अमेरिकी सैनिकको संख्या तीन हजारमा झारिने छ । हाल इराकमा पाँच हजार दुई सय अमेरिकी सैनिक छन् ।

इराकमा रहेने सैनिकहरुले इराकी सुरक्षा निकायलाई इस्लामिक स्टेट (आइएस) सहितका बिद्रोहीविरुद्धको रणनीतिक कारवाहीका लागि परामर्श तथा रणनीतिगत सहयोग गर्ने छन् । गएको महिना राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा रहेका सबै अमेरिकी सैनिकहरुलाई सम्भव भएसम्म चाँडो फिर्ता बोलाउने बताएका थिए ।