सेरेना यूएस ओपनको सेमिफाइनलमा, फाइनलका लागि अरान्जेकासँग खेल्ने

एजेन्सी, २५ भदौ । अमेरिकन खेलाडी सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

बुधबार राति भएको क्वार्टरफाइनलमा खेलमा बुग्लेरियन खेलाडी स्वेताना पिरोनकोभालाई हराउँदै सेरेना सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।

sadf

लुइस आमस्ट्रोङ स्टेडियममा सेरेनाले पिरोनकोभालाई ४–६, ६–३ र ६–२ को सेटमा पराजित गरिन् ।

जितसँगै सेरेनाले कीर्तिमानी २४औं ग्रान्डस्लाम उपाधि जित्ने सम्भावनालाई कायमै राखेकी छन् ।

अब सेरेनाले फाइनल प्रवेशका लागि पूर्वविश्व नम्बर १ भिक्टोरिया अजारेन्कासँग खेल्नेछिन् । अरान्जेका बेल्जियमकी एलिस मेर्टेसलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

Loading...