उपत्यकामा निषेधाज्ञा खुकुलो

विराटनगर, २५ भदौ । कोरोना भाइरस (कोभिड–१९) महामारी सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा २४ गते बुधबार रातिबाट ३१ गते बुधबार रातिसम्म साविकभन्दा खुकुलो बनाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट र गृह मन्त्रालयबाट जारी सुरक्षा मापदण्ड तथा सामाजिक दूरीको पूर्ण पालना गर्न आग्रह गर्दै नयाँ व्यवस्था गरिएको हो । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त छलफलपछि उपत्यकाभर लागू हुनेगरी लकडाउन खुकुलो बनाइएको हो ।

निषेधाज्ञाबाट जनजीवनमा परेको प्रत्यक्ष प्रभावमा ध्यान दिई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेको मापदण्ड अपनाई अधिकांश क्षेत्र सहज बनाइएकोे छ । गत भदौ ३ गते बुधबार रातिबाट जारी निषेधाज्ञा २० दिनको अवधिमा १० र १७ थप सहज बनाइएको थियो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अब सबै आफैँ सतर्क हुनुपर्ने बेला आएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...