Rumpum

Rumpum Advertisement

बीपी कोइरालाको सम्झनामा दीप प्रज्वलन

बीपी कोइरालाको सम्झनामा दीप प्रज्वलन

विराटनगर, २४ भदौ । नेपाल विद्यार्थी संघ मोरङले बीपी कोइरालाको १०७औं जन्मजयन्तीका अवसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

विराटनगरको बरगाछीमा गरिएको दीप प्रज्वलन कार्यक्रमको नेपाली कांग्रेस केन्द्रीय समितिका शिक्षा विभाग केन्द्रीय सदस्य सुदनबहादुर कार्की, श्रम तथा रोजगार विभाग केन्द्रीय सदस्य जनार्दन निरौला र तराई मधेश समन्वय विभाग केन्द्रीय सदस्य राजेश गुप्ताले संयुक्त रूपमा गरेका थिए ।

उक्त कार्यक्रममा नेविसंघ पूर्वसभापति ज्ञानेन्द्र ढकाल, सुभाष भण्डारीको सहभागिता रहेको थियो । त्यस्तै महासमिति सदस्य सूचि चौधरी, महाधिवेशन प्रतिनिधि दीपक लोहोनी, पूर्वक्षेत्रीय सचिव सुदर्शन भट्टराई, वडा सभापति विमलराज भण्डारी र राजकुमार तवदारको सहभागिता रहेको थियो ।