आत्महत्या कम्तीमा २० प्रतिशत वृद्धि : स्वास्थ्य मन्त्रालय

आत्महत्या कम्तीमा २० प्रतिशत वृद्धि : स्वास्थ्य मन्त्रालय

काठमाडाैं, २४ भदाै । नेपालमा कोरोना भाइरसको महामारीसँगै आत्महत्या गर्ने २० देखि ३० प्रतिशत बढेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । नियमित पत्रकार ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आत्महत्या कम्तीमा २० प्रतिशत वृद्धि भएकाे बताए ।

आत्महत्या गर्ने व्यक्तिले पहिले नै परिवार, आफन्त वा साथीभाइलाई पूर्वसङ्केत दिने गरेको पाइएको छ । नजिकैका ती व्यक्तिले यसलाई मजाकका रुपमा लिने गरेको पाइएको उनले बताए ।

उनले भने, “त्यस्ता व्यक्तिलाई सकारात्मक विकल्प देखाएर र आवश्यक पर्दा मनोचिकित्सकसँग परामर्श गराएर बचाउन सकिन्छ ।”