Rumpum Advertisement

पहिलो पटक हिरासत खाली

पहिलो पटक हिरासत खाली

तुलसीपुर, २४ भदौ । सधैजसो भरिभराउ हुने दाङको इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासत पहिलो पटक खाली भएको छ ।

अपराधिक घटनाको दृष्टिकोणले अग्रपंक्तिमा रहेको पश्चिम दाङको तुलसीपुरको हिरासत पहिलो पटक खाली भएको प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।

अपराधिक घटनामा कमी र कोरोनाका कारण मुद्दाहरू छिटो फैसला हुने भएकाले पनि हिरासत खाली भएको प्रहरीले जनाएको छ । ५० देखि ६० जनासम्म हुने र कहिल्यै पनि खाली नभएको हिरासत खाली हुँदा अचम्मित परेको अपराध अनुसन्धान शाखा प्रमुख प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, बबई र दंगीशरण गाउँपालिका सहित चारवटा स्थानीय तह क्षेत्र भित्र भएका हरेक खालका अपराधिक घटनाको मुद्दा तुलसीपुर प्रहरीमार्फत चल्दै आएको छ ।