Rumpum

Rumpum Advertisement

स्वारेज प्रशिक्षणमा फर्किए, युभेन्टस जाने विषयमा भने–‘फेक न्यूज’

स्वारेज प्रशिक्षणमा फर्किए, युभेन्टस जाने विषयमा भने–‘फेक न्यूज’

एजेन्सी, २४ भदौ । बार्सिलोनाका फरवार्ड लुइस स्वारेज क्लबको प्रशिक्षणमा फर्किएका छन् । इटालियन क्लब युभेन्टस जाने चर्चाका बीच उरुग्वेका स्टार स्वारेज अभ्यासमा फर्किएका हुन् ।

उनले बुधबार सामूहिक रूपमा प्रशिक्षणमा सहभागिता जनाएका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा अभ्यासका केही फोटोहरू सार्वजनिक गर्दै स्वारेजले युभेन्टस जाने विषयमा पनि बोलेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ३३ वर्षीय स्वारेजको सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टस सरुवाको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएका थिए । बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानका कारण स्वारेजले क्लब छोड्न चाहेको बताइरहँदा उनी भने प्रशिक्षणमा फर्किएका छन् ।

र, उनले युभेन्टस जाने विषय ‘फेक न्यूज’ भएको संकेत गरेका छन् । उनले लेखेका छन्, ‘फेक न्यूजहरू बाहिरिँदै गर्दा मेरो प्रतिक्रिया ठीक छ भन्दै र हाँस्नुबाहेक केही छैन ।’

स्वारेज र बार्सिलोनाबीचको सम्झौता एक वर्ष बाँकी छ । उनीहरूबीचको सम्झौता ३० जुन २०२१ सम्म छ । सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना आएयता उनले २८३ खेल खेल्दै १९८ गोल गरेका छन् ।

स्वारेजले बार्सिलोनाबाट चार ला लिगा र एक च्याम्पियन्स लिगसहित १३ ठूला उपाधि जितेका छन् ।