विराटनगरमा वडा अध्यक्षलाई कोरोना संक्रमण

विराटनगर, २४ भदौ । विराटनगर महानगरपालिकाका जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा बुधबार वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेललाई संक्रमण पुष्टि भएको हो ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका पोखरेलको बुधबार बेलुका पोजेटिभ रिपोर्ट आएको हो । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले वडा अध्यक्षको रिपोर्ट पोजेटिभ आएको बताए ।

वडा अध्यक्ष पोखरेलले पनि आफ्नो रिपोर्ट पोजेटिभ आएको बताए । ‘मेरो रिपोर्ट पोजेटिभ आयो । तर लक्षण देखिएको छैन,’ उनले भने, ‘संक्रमण देखिएपछि होम आइसोलेशनमा छु ।’

विराटनगरमा संक्रमितको संख्या १ हजार ३५१

विराटनगरमा कोरोना संक्रमितको संख्या १ हजार ३५१ पुगेको छ । बुधबार ६८ जनाको रिपोर्ट पोजेटिभ आएसँगै संक्रमितको संख्या १ हजार ३५१ पुगेको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।

संक्रमितमध्ये ७८९ जना संक्रमणमुक्त भएका छन् । ६५९ जना संक्रमित होम आइसोलेशनमा बसिरहेका छन् । विराटनगरमा संक्रमणका कारण १५ जनाको मृत्यु भइसकेको छ ।

Loading...