‘ओइली स्किन’ हुने कारणहरू यस्ता छन्

विराटनगर, २४ भदौ । धेरैजसो महिलाहरू अनुहारको सौन्द्धर्य र चमक बढाउन, सफा र तेल क्त छाला प्राप्त गर्नको लागि सौन्द्धर्य उत्पादन किन्ने गर्छन् ।

गर्मीमा पसिनाको कारणले होस् वा अन्य कुनै कारणले धेरैजसो मानिसहरूको अनुहार च्यापच्याप हुने, तेल निस्केको जस्तो हुने गर्छ ।

यी तेलका कारण अनुहारमा छिट्टै फोहोर टाँसिने हुँदा पिम्पलहरू आउने हुन्छ । कसैकसैको न्याचुरली नै तैलीय छाला अर्थात ओइली स्किन हुने गर्छ ।

प्राय:जसो तैलीय छाला भएका मानिसहरू खराब आहार छनौटहरूको कारण यो समस्या झन् खराब बनाइरहेका हुन्छन् ।

तैलीय छाला हुने कारणहरू यस्ता छन्ः

आनुवांशिक: वंशानुगत कारणले गर्दा पनि तेलीय छाला हुन सक्छ । परिवारमा कसैलाई ओइली छाला छ भने बच्चाको छाला पनि तैलीय हुने सम्भावना रहन्छ ।

युवावस्था: यौवनकालमा हुने हार्मोनल परिवर्तनहरूले छालालाई तेलीय तथा चिल्लो बनाउन सक्छ जुन एक्ने र पिम्पल्सको नियमित कारण बन्ब सक्छ ।

महिनावरी : प्रायःजसो महिनावारीको समयमा महिलाहरूको छालामा तेल र अन्य समस्याहरू आउने गर्छन् । यो हार्मोनल परिवर्तनहरूका कारण पनि हुन सक्छ ।

पसिना: यदि, धेरै पसिना आउँछ भने छाला चिल्लो र अशुद्ध महशूस गर्न थाल्छ जसले छालामा तेल जस्तो प्याचहरू देखिन थाल्छ ।

औषधि: गर्भ निरोधक पिलको सेवन गर्ने महिलाहरूले छालामा तेलपन अनुभव गर्न सक्छन् ।

खराब जीवनशैली: नियमित व्यायाम र सन्तुलित आहारबिना नै सुस्त जीवनशैलीले छालालाई तेल र बेजान बनाइरहेको हुन्छ ।

पानीको अभाव: शरीरमा पानीको अभावले छालालाई चिल्लो र तेलीय बनाउनुका साथै शरीर विषको ‘स्टोर-हाउस’ बनाउँछ ।

खानाः फ्राइ गरेको, काचोँ, जंक फूड, प्रोसेस्ड फूड, गुलियो, डेरी प्रडक्टस् जस्ता खानेकुराको सेवनले पनि छालालाई तैलीय बनाउन सक्छ ।

Loading...